काठमाडौं। कांग्रेसका शीर्ष नेताहरूको शुक्रबार बालुवाटारमा बसेको बैठकले १४ औँ महाधिवेशन तोकिएकै मितिमा गर्ने निर्णय गरेको छ। बैठकमा निर्वाचन समितिले मस्यौदा गरेको निर्वाचन निर्देशिका, केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको कार्य प्रगति र पार्टीको समायोजन समितिका निर्णय लगायतमाथि छलफल भएको नेता रमेश लेखकले बताए। बैठकमा केन्द्रीय महाधिवेशन नसर्ने गरी तल्लो तहको अधिवेशन सार्ने विषयमा छलफल भए पनि निर्णय नभएको उनले बताए।