काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पालिका तह चुनावको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गर्नु भएको छ ।
बुधबार नयाँ बानेश्वरमा रहेकाे संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले पालिका तह चुनवाको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताउनुभएको हो । उहाँले चुनावी परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रिया समेत दिनु भयो । नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भए पनि आन्तरिक मतभेदहरु मिलाउन...