गाउँपालिका अध्यक्षले किर्ते गरेर १२ को परीक्षा दिएको आरोप, एउटै नम्बरका दुई उत्तरपुस्तिका भेटिए

जिल्लाको मरिण गाउँपालिकाका अध्यक्ष प्रख्यात माेक्तानले नक्कली परीक्षार्थी राखेर कक्षा १२ को परीक्षा दिएको आरोप लागेको छ । हिजो सामाजिक विषयको परीक्षामा एउटै सिम्बाेल नम्बरका दुईवटा उत्तरपुस्तिका फेला परेपछि उनी विवादमा तानिएका हुन् ।