ऐन नियममा छिद्र खोजेर आफूखुशी काम नगर्न बैंकहरूलाई गभर्नरकाे निर्देशन

काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्रा खोजेर आफूखुशी काम नगर्न बैंकहरूलाई सचेत गराएका छन्।मंगलवार काठमाडौंमा नेपाल बैंकर्स संघको अधिवेशनमा गर्भनर अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्र खोजेर तथा गलत व्याख्या गरेर उपभोक्ता र सरोकारवालाको अपेक्षालाई नजरअन्दाज गरी आफूखुशी काम नगर्न बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराएका हुन्।उनले बैंकहरूले बजार र उपभोक्तालाई हेरेर काम गर्नुपर्नेमा जोड दिए। उनले बैंकहरूले त्यसरी काम गरे वित्तिय प्रणालीमा जोख