द्वन्द्वकालका यौनहिंसा पीडित : देखाउने घाउ–खत छैन, वेदनाको पहाड छ

सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट थुप्रै महिलामाथि बलात्कार र यौनहिंसा भएको थियो । मुलुक शान्ति प्रक्रियामा गएको १५ वर्षमा पनि यी पीडित महिलाले न्याय र क्षतिपूर्ति पाउनु त परको कुरा राज्यले उनीहरूलाई द्वन्द्वपीडित समेत मानेको छैन ।