गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९३५ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिमा २०६ जना सङ्क्रमित उपचारपछि निको भएका छन् । प्रदेशभित्रका विभिन्न प्रयोगशाला एवं अस्पतालमा ४६७ जनाको पिसिआर परीक्षण र ४६८ जनाको एन्टिजेन परीक्षण गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आज थपिनेमा कास्कीका ३९१, स्याङ्जाका १९३, तनहुँका ९८, नवलपरासी पूर्वका ६०, बाग्लुङका ५९, लम्जुङका ५७, गोरखाका ३७, म्याग्दीका २७ र पर्वतका १३ जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन