पालिका चुनाव - ३ सय ५३ जना उम्मेदवारको एकल मनोनयन

काठमाण्डाै – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि तीन सय ५३ जना उम्मेदवारको एकल मनोनयन परेको छ ।आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विभिन्न पदमा तीन सय ५३ जना उम्मेदवारको एकल मनोनयन परेको बताउनुभयो । एकल मनोनयन दर्ता भएको भए पनि आयोगले निर्विरोध निर्वाचित भएको घोषणा भने गरिसकेको छैन ।यस्तै विभिन्न पालिकामा गरी एक सय ७० वटा वडामा दलित महिला सदस्य पद रिक्त हुने भएको छ । निर्वाचन आयोगले ती ठाँउमा एक जना पनि उम्मेदवार नभएकाले पद खाली हुने...