दसैंमा राजधानीबाट बाहिरिने यात्रुको लागि सावर्जनिक यातायातको टिकट असोज ५ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बिहीबार बसेको बैठकले असोज ५ देखि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले दसैंंमा यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पु-याउन अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । राजधानीका विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापनसमेत स्थापना गरिने भएको छ ।