नेपालगञ्जमा कोरोना संक्रमणको स्थिति 'भयावह' : अस्पतालहरू भरिभराउ, भुइँमा पनि ठाउँ छैन !

कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि बाँकेको अवस्था भयावह बन्दै गएको छ । भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमितहरूले बेड पाइरहेका छैनन्। भएका बेड भरिभराउ र भुइँमा समेत उपचार गराउनका लागि पर्याप्त स्थान नहुँदा बिरामीहरूको बिजोग भएको छ। भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले एक दिनमा १५ सय जति सक्रिय संक्रमित रहँदा उपचारका लागि अस्पतालको शय्या अभाव भएको बताए । 'हाम्रो भेरी अस्पतालमा १५० वटा शय्या पूरै भरिएको छ, त्यसमध्ये बाँकी संक्रमित बिरामीलाई भुइँमै राखेर समेत उपचार ग...