काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुच्चे नक्सा प्रकाशन गरेकोमा प्रधानमन्त्री ओलीको सम्झना भइरहने बताएका छन्। “नाटकीय परिवर्तन भएन भने आज प्रम केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाउनु हुनेछ। आजै राजीनामा आउला। फेरि प्रम बन्न सक्नुहोला। जेहोस् अनेक विवाद÷असफलताका बाबजुद लिम्पियाधुरासहितको ‘चुच्चे नक्सा’ प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति अेलीको सम्झना भइरहेनेछ,” उनले लेखेका छन्।