अलकायदाका एक वरिष्ठ नेता ड्रोन हमलामा मारिएको अमेरिकी विदेश विभागले पुष्टि गरेको छ । सिरियाको इदलिब नजिकै २० सेप्टेम्बरमा भएको अमेरिकी हवाई हमलामा सलिम अबु अहमद मारिएका हुन् । उनले अलकायदाका आक्रमणहरुको योजना बनाउने र लगानी ल्याउने काम गर्दथे । यस हमलामा कोही पनि सर्वसाधारण मारिएको संकेत नआएको अमेरिकी रक्षा अधिकारीहरुले बताएका छन् । यसअघि एशोसियट प्रेसले २० अक्टुबरमा विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा गुडिरहेको गाडीमा ड्रोन हमला हुँदा कम्तिमा एकजना मारिएको जनाएको थियो । त्यसैगरी, ह्वाइट