कतारमा लगाइएको नाकाबन्दी साउदी अरबले हटायो

२१ पुस, काठमाडौं । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । खाडी देशहरुमा यसलाई ठूलो घटना मानिएको छ किनभने कतारसँग धेरै छिमेकी देशहरुको विवाद रहँदै आएको छ । साउदी अरबले कतारमाथि तीन वर्षअघि नाकाबन्दी लगाएको थियो । मंगलबार साउदी अरबमा हुने गल्फ को-अपरेसन काउन्सील (जीसीसी)सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । […]