काठमाडौं : विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथि जारी छलफल अन्तर्गत संसद् बैठकमा आइतबार दुई मन्त्रालयसहित तीन निकायगत छलफल हुने भएको छ। बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विभिन्न विषयमा छलफल हुने कार्यसूची छ। बैठकमा नेपाल मजदुर क