काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन नगरप्रमुख शाहको आग्रह

काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साहले काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई आग्रह गर्नुभएको छ । एनआरएनको टोलीसँग आज भएको भेटमा नगरप्रमुख शाहले कला, संस्कृति र सम्पदाको शहर काठमाडौँलाई संसाभर चिनाउन आग्रह गर्नुभएको हो । उहाँले काठमाडौँ महानगरपालिकाभित्र एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालयलाई जग्गा उपलब्ध गराउन र व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका सकारात्मक रहेको बताउनुभयो …

सम्बन्धित सामग्री

काठमाडौंको कला–संस्कृतिलाई विश्वभर चिनाउन नगरप्रमुख शाहको आग्रह

काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौंको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई आग्रह गरेका छन् ।एनआरएनको टोलीसँग बिहीबार भएको भेटमा नगरप्रमुख शाहले कला, संस्कृति र सम्पदाको शहर काठमाडौंलाई संसारभर चिनाउन आग्रह गरेका हुन् । उनले काठमाडौं महानगरपालिकाभित्र एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालयलाई जग्गा उपलब्ध गराउन र व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका सकारात्मक रहेको बताए । […]

काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन नगरप्रमुख शाहको आग्रह

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई आग्रह गरेका छन् ।           एनआरएनएको टोलीसँग आज भएको भेटमा नगरप्रमुख शाहले कला, संस्कृति र सम्पदाको शहर काठमाडौँलाई संसाभर चिनाउन आग्...

काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन नगरप्रमुख शाहको आग्रह

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौँको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई आग्रह गरेका छन् ।           एनआरएनएको टोलीसँग आज भएको भेटमा नगरप्रमुख शाहले कला, संस्कृति र सम्पदाको शहर काठमाडौँलाई संसाभर चिनाउन आग्...

काठमाडौंको कला–संस्कृतिलाई विश्वभर चिनाउन एनआरएनएलाई मेयर बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौंको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई आग्रह गरेका छन् । एनआरएनको टोलीसँग आज भएको भेटमा नगरप्रमुख शाहले कला, संस्कृति र सम्पदाको शहर काठमाडौंलाई संसाभर चिनाउन आग्रह गरेका हुन् । उनले काठमाडौं महानगरपालिकाभित्र एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालयलाई जग्गा उपलब्ध गराउन र व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका सकारात्मक...

काठमाडौ‌को कला-संस्कृतिलाई विश्वभर चिनाउन नगरप्रमुख बालेन शाहको आग्रह

काठमाडौ‌ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौंको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई आग्रह गरेका छन् ।

आठपहरिया जातिको संस्कृति जगेर्ना गर्न संग्रहालय र होमस्टे निर्माणको तयारी

धनकुटा । धनकुटा नगरपालिकामा मात्र बसोबास गर्ने सीमान्तकृत अल्पसंख्यक समुदाय आठपहरिया जातिको संस्कृति जगेर्ना गर्न संग्रहालय बनाउन थालिएको छ । आठपहरिया जातिको विशेष पूजा गरिने बिहीबारे हाटस्थलमा संग्रहालय बनाउन लागिएको आठपहरिया समाजका केन्द्रीय महासचिव सूर्य आठपहरियाले बताए । धनकुटालाई चिनाउने फरक मौलिक जातीय संस्कृति रहेको आठपहरिया जातिको भाषा, धर्म, संस्कृति, भेषभूषाको संरक्षणका लागि संग्रहालयको महत्व रहने उनको भनाइ छ । संग्रहालयका लागि ५० लाख बजेट विनियोजन गरिएको छ । आदिवासी जनजातिमा सूचीकृत हुनुपर्ने अडान राख्दै आएका आठपहरिया जातिको धनकुटा नगर क्षेत्रमा करिब ६ हजार जनसंख्या छ । नेपालको पूर्वी भेग अरुण र तमोर नदी बीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको ‘आठपहरिया’ सीमान्तकृत आदिवासी जनजाति हो । आठपहरिया धनकुटा नगरपालिकाको भूमि पूत्र भन्न रुचाउँछन । सिमान्कृत अवस्थामा रहेको यस जातिको बसोबास मख्यतः धनकुुटा नगरपालिकामा मात्रै पाइन्छ । ०५८ को जनगणनामा यिनीहरूको जातिलाई आठपहरिया राई उल्लेख गरिएको थियो भने ०६८ को जनगणनामा जातिको नाम आठपहरिया मात्रै उल्लेख छ । यो जातिमा पुरुष र महिलाले लगाउने भेषभूषाले पनि मौलिक विशेषता बोकेको हुन्छ । खासगरी महिलाले लगाउने पहिरन र गहना विशेष प्रकारका हुन्छन् । तर, बढ्दो आधुनिकीकरणले यी मौलिक वेशभूषा लुप्त भइसकेका छन् । वेशभूषा संकटमा परेको गुनासो आएपछि धनकुटा नगरपालिकाले आठपहरिया वेशभूषा सिलाइ प्रशिक्षण सुरु गरेको धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङले बताए । यो जातिका मानिसले आफ्नै प्रकारका चाडपर्व मनाउँछन् र आफ्नै देवीदेवताको आरधना गर्छन । होमस्टे पनि सञ्चालन गरिने धनकुटामा आठपहरिया जातिको मुख्य बसोबास रहेका स्थानमा होमस्टे (घरबास) समेत सञ्चालन गरिने तयारी गरिएको छ । धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोबास गर्ने सीमान्तकृत किराँत आठपहरिया समुदायले पहिलोपटक होमस्टे सञ्चालन गर्न लागेका हुन् । होमस्टे सञ्चालन गर्नको तालिम लिएका सो समुदायले धनकुटा नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । होमस्टे सञ्चालन गर्न नगरका १० वडाका ३० जना तालिम प्राप्त जनशक्ति रहेको स्थानीय दिनेश आठपहरियाले बताए । जातीय, धार्मिक एवं संस्कृति प्रदर्शन गरी पर्यटकीय स्थलको रूपमा विकास गर्ने साथै मौलिक र अर्गानिक परिकार ग्राहकको रोजाइअनुसारको खानपान व्यवस्थापन गरिनेछ । व्यावसायिक रूपमा रहेका होटलभन्दा भिन्न हुने होमस्टेसँगै आठपहरिया जातिको पूजा गर्ने एक घरमा ५२ चुला र पाँच सय वर्ष पुरानो मार्गा मन्दिर पर्यटन आकर्षण केन्द्र बनाइने आठपहरीया समाज केन्द्रीय समिति अध्यक्ष सरमाया आठपहरियाले बताइन् । आठपहरिया जातिको मौलिक परम्परामा आधारित रहेको एउटै घरको ५२ चुलालाई विश्वभर चिनाउन गिनिज बुकमा नाम लेखाउन पहल सुरु भएको अध्यक्ष उनको भनाइ छ ।