अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँग भएको मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) अघि बढाउने वा नबढाउने दुई कित्तामा नेपाली राजनीति चार वर्षदेखि ध्रुवीकृत छ । चार वर्षअघि नेपालले सम्झौता गरेको र झन्डै साढे दुईवर्षअघि अर्थ मन्त्रालयले अनुमोदन निम्ति संसदमा दर्ता गराएको एमसीसी परियोजना के गर्ने भन्नेबारे सरकार र राजनीतिक दलहरूले अझै टुङ्गो लगाउन सकेका छैनन् । सरकारमाथि अमेरिकाले दबाब बढाउँदो छ ।प्रधानमन्त्री शेरबहादुर देउवा यसअघि प्रधानमन्त्री भएका बेला २०७४ साल भदौ २९ गते