नेपाली सेनाले गर्‍यो जनहित तथा उद्धारका कार्य

नेपाली सेनाले जनहित तथा उद्धार कार्य गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै उद्धार कार्यबारे जानकारी दिएको छ । भारी वर्षातका कारण मनाङ जिल्लाको चामे गाउँपालिका–४ र ५ लाई जोड्ने मर्स्याङदी नदीमा रहेको बेलिवृज बाढीको कारण अवरुद्ध भएको तथा झोलुङ्गे पूल समेत मर्स्याङदी नदीले बगाएर मनाङ ङिस्याङ गाउँपालिका र चामे गाउँपालिकाबीच आवतजावत पूर्ण रूपमा बन्द रहेको अवस्थामा साउन १३ र १४ गते सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा ठाडो खोलामा काठको पुल निर्माण गरी आ...