ग्लोबल आईएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट सम्मानित - NepaliPatra

काठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिडेट इन्फोसिस फिनाकल इनोभेसन अवार्ड– २०२३ बाट सम्मानित भएको छ। फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरुमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वोत्कृष्ट घोषित गरिएको जनाइएको छ। इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो। […]