नेपालपे इन्स्ट्यान्टको चाडपर्व योजना: मोबाइल नम्बरका आधारमा हुने फन्ड ट्रान्सफर निःशुल्क
नेपालपे इन्स्ट्यान्टले आउँदै गरेका महान् चाड दसैँ, तिहार र छठलाई लक्षित गर्दै चाडपर्व योजना सार्वजनिक गरेको छ । कम्पनीले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न मोबाइल नम्बरका आधारमा हुने नेपालपे इन्स्ट्यान्टको फन्ड ट्रान्सफर निःशुल्क गर्ने भएको छ ।