पर्वत : भदौ १७ गतेको भीषण वर्षाका कारण पहिरो जाँदा पर्वतका ४ ठाउँमा ११ जनाको मृत्यु भएको १२ औं दिन भएको छ। परिवार नै सोत्तर भएकादेखि कोही जोगिएर कोहीको मृत्यु भएका कारण पीडितसहित जिल्लावासीका आँखा अझै पनि ओभाएका छैनन्।एकै परिवारका ५ जनाको मृत्यु भएको कुश्मा नगरपालिका–३ दुर्लुङमा त गत वर्ष पनि पहिरोमा नै परेर ९ जनाको मृत्यु भएको थियो। यसैले पनि पहिरो भन्नासाथै पर्वतवासीको आङ नै जिरिङ्ग हुने गर्दछ। परिवार नै सखाप हुने ठूला पहिरा पहिले नआउने गरेको भए पनि पछिल्लो समय देशका विभिन्न ठा