प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाको हैसियतअनुसार बाँडेर चुनावी सरकार बनाउन सकिने बताएका छन् । तर, असंवैधानिक बाटोबाट अर्को सरकार बनाउन नसकिने उनको जिकिर छ ।
एमाले निकट प्रेस चौतारीको कार्यक्रमलाई आइतवार बालुवाटारमा सम्बोधन गर्दै ओलीले आफ्नै नेतृतवमा चुनावी सरकार बनाएर चुनाव गर्न प्रस्ताव गरेका हुन् ।
‘प्रतिनिधि सभाको हैसियत अनुसार बाँडेर चुनावी सरकार बनाउन सकिन्छ, राष्ट्रिय सरकार बनाएर चुनाव गरौं । लोकतान्त्रिक प्रणाली र आचरणभन्दा बाहिर गएर होइन । मेरो नेतृत्वमा निर्वाचन गर्दा शान्तिपू...