सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

१० जेठ, काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका दुईजना शिक्षकलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा अनुसन्धानका लागि दुई शिक्षकलाई हिरासतमा राख्न अनुमति दिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेलविरुद्ध अनुसन्धानका लागि […]

सम्बन्धित सामग्री

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

आफ्नै शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका विद्यार्थी आन्दोलित भएका छन् । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् । कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै