चितवन – पालिका चुनावमा मेयर पद यसै पनि आकर्षक मानिन्छ । त्यसमाथि महानगरको मेयरले अर्कै रौनक थप्ने गर्छ । यस अर्थमा पनि महानगरको मेयरको टिकटका लागि सबै पार्टीमा धेरै आकाङ्क्षी देखिएका छन् ।
२०७४ सालको पालिका चुनावदेखि चर्चामा रहेको भरतपुर महानगर यस पटक पनि चर्चामा रहेको छ । सत्तारूढ गठबन्धनका दलहरू कांग्रेस र माओवादी केन्द्रले भरतपुर महानगरको मेयर पद छोड्न चाहेको देखिएन ।
रेनु दाहाललाई फेरि भरतपुरको मेयर उम्मेदवार बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वयंले ठूलै कसरत गर्न...