जनैपूर्णिमामा पशुपतिमा भक्तजनको घुइँचो

हरेक वर्ष साउन महिनाको शुक्ल पूर्णिमामा मनाइने जनैपूर्णिमा अर्थात् ऋषितर्पणी आइतबार यज्ञोपवित धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ ।काठमाडौंको पशुपतिनाथसहित देशभरका मन्दिरहरूमा आइतबार जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको भीड लागेको छ । आइतबारकैै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखि बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई यथासंख्य दक्षिणा दिने चलन […]