काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ बढाएपछि विभागले सवारीसाधनको भाडादर बढाएको हो । विभागका अनुसार नयाँ भाडादर बुधवारबाट लागू हुनेछ । सरकारले विद्यमान भाडादरमा ५.१ प्रतिशतसम्म भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भएसँगै स्वचालित रूपमा सार्वजनिक सवारीसाधनको भाडा समायोजन हुने व्यवस्था […]