पछिल्लो २४ घण्टामा ११ सय ५७ जनामा देखियो कोरोना, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ११ सय १३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यस अवधिमा कुल १४ हजार ५ सय ५१ जनामा परीक्षण गर्दा ११ सय ५७ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ९३ पुगेको छ ।