युक्रेनी सेनाले प्रहार गरेकाे क्षेप्यास्त्र गल्तीले पोल्याण्डमा खसेको नेटोको अनुमान

काठमाडौं । नेटोका महासचिव जनरल जेन्स स्टोल्टेनबर्गले पोल्याण्डमा दुई जनाको ज्यान जाने गरी खसेको क्षेप्यास्त्र युक्रेनी वायु सेनाले गल्तीले प्रहार गरेको हुन सक्ने बताउनुभएको छ । साेही क्षेप्यास्त्रकाे बारेमा अनुसन्धान जारी रहेकै बेला स्टोलटेन्बर्गले युक्रेनी क्षेप्यास्त्र नै पोल्याण्डमा खसेकाे हुनुपर्ने जिकीर गर्नुभएको हो । उता, युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले भने उक्त क्षेप्यास्त्र युक्रेनको नभएको जिकीर […]

सम्बन्धित सामग्री

टर्कीले फिर्ता बोलाउन थाल्यो अफगानिस्तानबाट सेना

१० भदौ, काठमाडौं । टर्कीले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता ल्याउन सुरु गरेको बताएको छ । नेटोको एक सदस्य मुलुकसमेत रहेको टर्कीले अफगानिस्तानमा आफ्ना पाँच सयभन्दा धेरै सैनिक परिचालन गरेको थियो । यसअघि अफगानिस्तानको काबुल एयरपोर्ट चलाउन टर्कीले आफ्नो सैन्य उपस्थिति कायम राख्न सक्ने अनुमान गरिएको थियो । यद्यपि बुधबार टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले बुधबार […]

टर्कीले अफगानिस्तानबाट आफ्नो सैनिक फिर्ता बोलायो

टर्कीले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता बोलाउन सुरु गरेको घोषणा गरेको छ । नेटोको हिस्साको रुपमा अफगानिस्तानमा टर्कीका ५०० भन्दा बढी सैनिक तैनाथ थिए । यसअघि काबुल विमानस्थल चलाउनका लागि ३१ अगस्टपछि टर्कीको सैन्य उपस्थिति रहने अनुमान लगाइएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले बुधबार अफगानिस्तानमा स्थिरताको आवश्यकता भएको बताएका छन् । उनका अनुसार टर्की यो लक्ष्य हासिल गर्नका लागि अफगानिस्तानमा सबै पक्षसँग निकट छलफल जारी राख्नेछ ।