जुम्ला- बाढी-पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि बाढी पीडितलाई राहत दिन सकस भएको छ। बाढी-पहिरोबाट प्रभावित घर परिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत सामग्री वितरण गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली प्रदेश सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकोप्टरबाट अत्यावश्यक सामग्री राहत वितरण गरेको हो। सेनाको अगष्टा हेलिकोप्टरमा सो क्षेत्रमा केही राहत पुर्याइएको […]