बसयात्राकै क्रममा मृत्यु भएकी महिलाको शव आफन्तले बुझे

रुकुम–पश्चिमको आठबिसकोट नगरपालिकाकी एक महिलाको उपचारको लागि नेपालगञ्ज आउँदै गर्दा बसमै मृत्यु भएको छ । रुकुम –पश्चिमको ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्मकुमारी बटालाको बसमै मृत्यु भएको हो । बिहीबार  साँझ ना ३ ख ३७८८ नम्बरको नाइट बस चढेर उपचारका लागि नेपालगञ्ज आउँदै गरेकी बटालाको बीच बाटोमै मृत्यु भएपछि उनीसँगै रहेका बच्चालाई अन्य यात्रुले सम्हालेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  नेपालगञ्जको भेरी अस्पतालको आइसियुमा राखिएको उनको शव अहिले आफन्तहरुले अन्तिम संस्