स्वेज नहर अवरुद्ध गर्ने जहाज रिहा गर्ने सम्झौतामा इजिप्ट सहमत

असार २१, कायरो (इजिप्ट) । मार्चमा कयौं दिनसम्म स्वेज नहरअवरुद्ध गराउने कन्टेनर जहाजलाई रिहा गर्न इजिप्ट सहमत भएको छ । जहाजको मालिक र बीमाकर्ता कम्पनीबीच क्षतिपूर्तिबारे सहमति गरेपछि इजिप्ट जहाजलाई छाड्ने भएको हो ।  इभर गिभनलाई बुधवार स्वेज नहररको मध्यबिन्दु ग्रेट बिटर लेक छाड्ने अनुमति दिइने भएको छ । अहिलेसम्म सम्झौताका शर्तहरु खुलाइएको छैन । तर इजिप्टले ५५ करोड डलर माग गरेको छ ।  मार्चमा एभर गिभनका कारण ६ दिनसम्म नहरमा जहाज आवागमन अवरुद्ध भएको थियो । जहाज निकाल्ने क्रममा एक जनाको मृत्यु पनि भएको थियो । नहर खुल्ने पर्खाईमा नहरको दुवैतर्फ सयौं जहाजहरु लमबद्ध भएका बस्नु परेको थियो ।  अहिलेसम्म दुवै पक्षले क्षतिपूर्तिको रकमबारे खुलासा गरेका छैनन् । तर सम्झौता अन्तर्गत आफूले टग बोट प्राप्त गर्ने स्वेज नहर प्राधिकरण (एससीए)का अध्यक्ष ओस्मा राबीले बताएका छन् ।  एससीएले शुरुमा जहाज छुटाए बापत ३० करोड डलर, प्रतिष्ठामा पुगेको आँचको क्षतिपूर्ति बापत ३० करोड डलरसमेत गरेर ९१ करोड ६० लाख डलर मागेको थियो ।  तर एभर गिभनको मालिक सोई किसेनको तेस्रो पक्षीय दायित्वको बीमाकर्ता यूके क्लबले असाधारण रुपमा ठूलो र धान्न नसकिने गरी ठूलो भएको भन्दै सो दाबी अस्वीकार गरेको थियो । पछि एससीएले माग घटाएर ५५ करोड डलरमा झारेको थियो । तर एभर गिभनको मालिक र बीमाकर्ताहरुले १५ करोड डलर मात्रै दिने बताएका थिए । एजेन्सी