गुल्मी : गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधनमा गाउँपालिकाले पाँच दिन शोक बिदा दिने निर्णय गरेको छ। गत असार ३१ गते बसेको गाउँकार्यपालिकाको बैठकले साउन १ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।अध्यक्ष थापाको ७४ बर्षको उमेरमा गत असार ३१ मा उपचाकरा क्रममा काठमाडौंमा निधन भएको थियो। लामो समयदेखि फोक्सोको समस्याबाट पीडित थिए। गत फागुन २८ मा फोक्सोमा समस्या आएपछि उनले काठमाडौंका विभिन्न अस्पताहरुमा उपचार गराइरहेका थि