पोखरा । पोखराका थप दुईवटा अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएका छन् । पोखराको नयाँ बजारस्थित रहेको गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालले संक्रमितको निःशुल्क उपचार गर्न सरकार सँग सम्झौता गरेका छन् । यसअघि पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरुवा रोग तथा संक्रामक अस्पतालमा मात्र कोरोना संक्रमितको उपचार गरिँदै आएको थियो । सरकारले बुधबार देशका विभिन्न ठाउँका ३० वटा कोरोना भाइरस केयर युनिट सञ्चालनका लागि अस्पतालसँग सम्झौता गरेको हो । यी अस्पतालले