काठमाडौं : विवेकशील साझा पार्टीले अत्यन्त विवादित एमसीसी कम्प्याक्ट सम्झौताको आपत्तिजनक शर्तहरू संशोधन नगरी यथावत् संसद्बाट पारित गर्न सरकारले अन्तिम तयारी अघि बढाएकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताएको छ।
प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौताका केही शर्तहरू अत्यन्त आपत्तिजनक एवं नेपालको राष्ट्रिय स्वाभिमान र हित प्रतिकुल रहेकाले संशोधनबिना…