नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुक
बिल्डिङमा देखिएको नकारात्मक न्यारेटिभ हटाउने बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघले शुक्रवार आयोजना गरेको 'परिपक्क
पूँजीबजार सम्मेलन'लाई सम्बोधन गदै हमालले बुक बिल्डिङ फेयर हुनुपर्ने बताएका हुन्
। यसअघि देखिएको नेगेटिभ न्यारेटिभलाई पोजिटिभ बनाउन आफूले
पहल गरिरहेको उनले दाबी गरे । यसबारे नेप्सेसँग पनि पटक-पटक छलफल गरिएको उनको भनाइ
छ । आफ्नो कार्यकाल छोटो रहेको बताउँदै उनले आफूलाई छिटै रिजल्ट
देखाउनुपर्ने बताए । उनले भने, 'म आएको ७६ दिन भयो । मेरो कार्यकाल छोटो भएको र मलाई
रिजल्ट चाहिएकोले म आफू आएको दिन गनिरहेको छु ।'
उनले बुक बिल्डिङको आइपीओ का लागि नेप्सेले एउटा कम्पनीसँग
सम्झौता गरिसकेको र फेयर रूपमा आइपीओ निष्काशन गरिने बताए ।