सुनसरी – चुनावी अभियानमा पूर्व दौडाहामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र एमालेसँग सहकार्य गर्ने दललाई मात्र जनताले भोट दिने दाबी गर्नुभएको छ ।
एमाले–जसपा संयुक्त कार्यकर्ता भेलालाई धरानमा आज शुक्रवार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने पनि जिकिर गर्नुभयाे । ‘पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्नु होला’, सुनसरी क्षेत्र नं १ मा एमालेबाट बागी उम्मेदवारी दिएका उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भ...