बैंक तथा वित्तीय संस्थाले कोभिडबाट अति प्रभावित होटल, ट्राभल, ट्रेकिङ तथा हवाई सेवा क्षेत्रमा गएको व्यवसायिक कर्जामा हर्जना ब्याज लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन गरेको हो । सोही परिपत्र अनुसार बैंकले २०७९ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई छुट्टै हिसाब राखी दुई वर्ष सम्ममा कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउनुपर्ने र यस्तो ब्याजलाई पुँजीकरण गर्न नपाइने र थप हर्जना तथ