संसदीय समितिको निर्देशन मानेन सेनाले, द्रूतमार्गको टेन्डर रद्द गर्न सेना र रक्षालाई ताकेता पत्र

नेपाली सेनाले निर्माणको जिम्मा पाएको काठमाडौं तराई द्रूतमार्ग (फास्ट ट्रयाक) को पुल र सुरुङ निर्माणका लागि दोस्रो प्याकेजको टेन्डर रद्द गर्न यसअघि दिएको निर्देशन नमानेपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सेनालाई पत्र पठाएर रोक्न ताकेता गरेको छ । प्रतिस्पर्धा हुन नसकेको पूर्व योग्यता छनोटमा परेको कम्पनीसँग सेनाले ठेक्का सम्झौताको प्रक्रिया अगाडि बढाएपछि लेखाले रोक्नको लागि ताकेता गरेको हो ।  समितिका सचिव डा. रोजनाथ पाण्डेले वैशाख १५ गतेको मितिमा नेपाली सेनालाई पत्र लेखेर टेन्डर प्रक्रिया रद्द गर्न फेरि ताकेता ग...