परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपालका लागि अरब गणतन्त्र इजिप्ट र कतारका राजदूत तथा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का आवासीय प्रतिनिधिले बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् ।
इजिप्टका राजदूत नोहा हाम्दी अहमद एल्गेबाली र कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलसँगको भेटमा आपसीहितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यूएनडीपीका आवासीय प्रतिनिधि आइसानी मेदागाङगोदा लाबेसँगको भेटमा नेपाल–संयुक्त राष्ट्रसंघ विकास सहयोग र साझेदारीका विषयमा विचारविमर्श भएको थियो ।&...