काठमाडौं (नेस) । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बिमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरिएको बताउनुभएको छ । ललितपुरको कुपण्डोलस्थित बिमा समितिको कार्यालयमा बिमा कम्पनीहरूका सञ्चालक समितिका अध्यक्षहरूसँग समयसामयिक विषयमा बिहीबार भएको छलफल कार्यक्रममा अध्यक्ष सिलवालले धेरै लामो […]