नेकपा(एमाले) माधव नेपाल समुहको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले हेलम्बु गाउँपालिकामा राहत वितरण गर्ने भएको छ । अनेरास्ववियु राहत सामग्री लिएर शुक्रबार हेलम्बु प्रस्थान गरेको छ । मेडिकल टिम सहितको अनेरास्ववियुको टोलीले चामल, चिउरा, दालमोठ, कम्बल, त्रिपाल, चाउचाउ, बिस्कुट लगायतको सामग्री लिएर हेलम्बु गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रमा जान लागिएको अनेरास्ववियुकी नेतृ आरती लामाले बताइन् ।राहत वितरणका लागि हेलम्बु जान लागेको अनेरास्ववियुको टोलीलाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपा