काठमाडौँ / नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र पूर्वरानी कोमल शाहको स्वास्थ्यावस्थामा क्रमिक सुधार भइरहेको छ ।
नर्भिक इन्टरनेशल अस्पतालमा कोभिड–१९ सङ्क्रमित भई उपचाररत दुवैको
नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको छ । बिहीबार बिहान एक्कासी ‘ब्लड प्रेसर लो’ भएपछि महराजगन्जस्थित मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका गुरुङको स्वास्थ्यमा सुधार हुँदै गएको हो । मन्त्री गुरुङका स्वकीयसचिव प्रेमप्रकाश केसीले मुटुको चाप तलमाथि भइरहेकाले लगाइएको ‘हल्टर मोनिटर’ अहिले निकालिएको बताउनुभयो । …
२५ असोज, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । ललितपुरको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल स्रोतका अनुसार बिहीबार मुटुको चालमा उल्लेखनीय सुधार भएको छ । ‘उहाँको मुटुको पुरानो रोग कायम नै भएपनि हिजोभन्दा आज धेरै सुधार भएको छ’, अस्पताल स्रोतले भन्यो, ‘छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ ।’ अस्पतालको अनुसार […]
१५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्यमा सुधार आएको छ । गत सोमबारदेखि मेडिसिटी अस्पतालमा भर्ना भएका नेता गिरिको स्वास्थ्यमा सुधार आएको उनका निजी सचिव कृष्ण खनालले जानकारी दिए । ‘स्वास्थ्य धेरै ठीक भएको छ । ४/५ दिनमा डिस्चार्ज हुनुहुन्छ होला,’ खनालले अनलाइनखबरसँग भने । लामो समय भारतमा उपचार गरी फर्केका गिरीको […]
काठमाण्डाै – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।
एमाले नेता सुरेन्द्र पाण्डेले खनालको स्वास्थ्यमा सुधार आएको जानकारी दिनुभएको हो । पाण्डेले भन्नुभएको छ – ‘लगातार आइरहेको ज्वरो रोकिएको छ । स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको छ, डाक्टरको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ ।’
नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ । गएको जेठ ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा उपचार गराइरहनुभएका खनाललाई गएको बुधवार...
बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।
बेलायती महामारी एलिजावेथ द्वितीयका श्रीमान् ९९ बर्षीय फिलिपलाई लामो समयदेखि मुटुसम्वन्धी समस्या भएकाले अहिले उपचार भइरहेको छ ।
उनको स्वास्थ्यमा सुधार भएकाले उनले सहज महसुस गर्दै गएको बेलायती राजदरबार स्रोतले बिहीबार जनाएको छ ।
उनलाई सुरुमा भर्ना गरिएको अस्पतालबाट गत सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको थियो ।
१३ माघ, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । अघिल्लो सातादेखि स्वास्थ्यमा समस्या सिर्जना भएपछि घरमा नै आराम गरिरहेका उनको स्वास्थ्य अहिले सामान्य रहेको उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । खान र सुत्न असहज भएपछि उनलाई घरमै स्वास्थ्यकर्मीको निगरानीमा राखिएको थियो । उनको उपचारमा खटिएकी स्टाफ नर्स पुनम भुषालले उनको स्वास्थ्य अवस्था […]