रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच फोनवार्ता भएको छ । युक्रेनको विषयलाई लिएर दुई देशका प्रमुखबीच एक घण्टा लामो कुराकानी भएको हो ।
कुराकानीमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे वाशिङ्टन र यसका सहयोगीले ‘निर्णायक’ जवाफ दिने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै कुटनीतिक रुपमा समाधान खोज्न अमेरिका तयार रहेको पनि बाइडेनले बताउनुभएको छ ।
तर क्रेमलिनले फोनवार्तालाई सकारात्मक रुपमै लिएको जनाएको छ । अमेरिकी अधिकारीहरूले पुटिनको अन्तिम ...