दाङमा एक साता थपियो निषेधाज्ञा

दाङमा एक साता निषेधाज्ञा थपिएको छ । यसअघि शनिबारसम्म ९ दिनका लागि निषेधाज्ञा गरिएको थियो । कोभिड संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ १ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।