काठमाडौं : कोरोनाका कारण लामो समय सुनसान रहेका नाटकघर फेरि सक्रिय हुन थालेका छन्। यतिवेला राजधानीमा दुईवटा नाटकको नियमित मञ्चन भइरहेको छ। 'हरेक बबाल कुरा' र 'म' यतिवेला मञ्चन भइरहेका नाटक हुन्। कथा घेराको नाटक 'हरेक बबाल कुरा' यतिवेला कौसी थिएटर टेकुमा मञ्चन भइरहेको छ। आकांक्षा कार्कीको निर्देशन रहेको नाटकमा सुदाम सिकेको एकल अभिनय रहेको छ। यसअघि भदौ २५ देखि असोज १ गतेसम्म मञ्चन भइसकेको नाटक दर्शकको आग्रहमा असोज १५ देखि पुनः मञ्चन भएको हो। 'हरेक बबा