मकवानपुर- बागमती प्रदेशको मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशको हिँउदे अधिवेशन अन्त्य गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिएको छ ।
यसैगरी युवा वैज्ञानिक कोष सन्चालन विधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिएको छ ।