काठमाडौ : चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। ओली निवास बालकोटमा भएको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले जानकारी दिए। उनी ओली निवासमै दिवा भोजमा सरिक हुनेछन्। उनले आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट्ने कार्यक्रम छ। दिउँसो १ बजे होटल एभरेष्ट बानेश्वरमा दुई नेतासँग भेट्ने कार्यक्रम