एमाले प्रदेश कमिटी सदस्यसहित ४१ जना माओवादीमा प्रवेश

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रामकृष्ण लामासहित ४१ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रदेश कमिटी सदस्य लामा, रामेछाप  जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामालगायत ४१ जना माओवादीमा आइतबार प्रवेश गरेका हुन् ।उनीहरूलाई  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा स्वागत गरेका हुन् ।