काठमाडौं : मिटरब्याजीका आरोपी सञ्जय चौधरी रौनियारलाई प्रहरीले सर्लाही पठाएको छ। सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-४ त्रिभुवननगरका बासिन्दा ५२ वर्षीय रौनियारलाई मंगललबार जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको हो। रौनियारविरुद्ध ठगी गरेको आरोपमा परेको उजुरी सम्बन्धमा अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधमा उता पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबास (महोत्तरी)ले जनाएको हो।…