विश्व मधुमेह दिवस सप्ताहव्यापी रुपमा मनाइँदै : यस्तो छ, मधुमेहले आँखामा पार्ने असर

काठमाण्डाै ‍- विश्व मधुमेह दिवस यसवर्ष नेपालमा सप्ताहव्यापी रुपमा मनाइँदैछ । ‘मधुमेह सेवामा पहुँच बढाऔँ’ साथै ‘सुरक्षित भविष्यको लागि मधुमेहबारे जानौँ’ भन्ने मूल भाव तथा नाराका साथ आजदेखि मङि्सर एक गतेसम्म मधुमेहको आँखामा असर सम्बन्धी सचेतना सप्ताहका रुपमा मनाउन लागिएको हो । सप्ताहका अवसरमा तिलगङ्गा आँखा प्रतिष्ठानले अस्पतालको हाताभित्र जानकारीमूलक विभिन्न सामग्री वितरण गर्दैछ । भोलि शनिवार साइकल र्यालीको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । र्याली काठमाण्डौको तिलगङ्गाबाट लैनचौर...