उम्मेदवार फाइनल गर्न काँग्रेस कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । बैठकले काठमाडौं महानगरपालिकासहित काँग्रेसले पाएका तीन महानगरपालिकाका मेयरको टुंगो लगाउने छ । यस्तै काँग्रेसले महानगरपालिकामा पाएका उपमेयर पदको पनि टुंगो लगाइनेछ । काठमाडौं महानगरपालिकामा प्रकाशमान सिंहकी पत्नी श्रृजना उम्मेदवार बन्ने पक्कापक्की भएपनि काँग्रेसले भाग पाएको अन्य स्थानको टुंगो लाग्न सकेको छैन । नेताहरुबीच उम्मेदवारको विषयमा यसअघि आन्तरिक छलफ

सम्बन्धित सामग्री

काँग्रेस कार्यसम्पादन समिति बैठक फेरि सर्यो

आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार चयनका लागि बोलाइएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ । शनिबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेलाई सारिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।उनका अनुसार अहिले पार्टीका शीर्ष नेताहरूबीच बालुवाटारमा अनौपचारिक छलफल भइरहेको छ । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आज ११ बजेका लागि सारिएको थियो । सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीबीच मेयर