प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजीलाई कारबाही गर्न निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउगरी कारवाही गर्न निर्देशन दिएका छन् । सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको पाएपछि प्रधानमन्त्रीले कारवाही गर्न निर्देशन दिएका हुन् ।  प्रधानमन्त्री देउवाले मिटरब्याजी तेलीलाई तत्काल पक्राउगरी अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका हुन् । तेलीले चर्को ब्याज लिएर सर्वसाधरणको उठिवास लगाउने गरेको गुनासो सर्वसाधारणले लगाउने गरेपछि मिडियामा आएको हो । सोही विषयमा संसदमा समेत सांस